ad ad

बागमती


चिकित्सक संघको आन्दोलनले हेटौंडा अस्पतालका सेवाग्राही मर्कामा

चिकित्सक संघको आन्दोलनले हेटौंडा अस्पतालका सेवाग्राही मर्कामा

नेपालखबर
माघ २९, २०७९ आइतबार १३:४, हेटाैंडा

मकवानपुरको भीमफेदी गाउँपालिका ५ की ३१ बर्षीया सञ्जु लामालाई धेरै दिनदेखि हातगोडा दुख्ने समस्या भएपछि आइतबार जचाउनको लागि हेटौंडा अस्पताल आइपुगिन्।

अस्पतालको गेटबाटै सुरक्षागार्डले भने, ‘आज अस्पताल बन्द छ। इमर्जेन्सीमा जचाउने भए मात्रै जानु।’

लामाले ‘किन बन्द होर?’ भन्ने प्रश्न गरिनसक्दै सुरक्षागार्डले जवाफ फर्काए, ‘आज सबैतिरको अस्पतालको सेवा बन्द छ। त्यहि भएर यहाँ पनि ओपिडी, रिर्पोट लिने, देखाउने सबै बन्द छ।’

सुरक्षागार्डको जवाफ सुनेपछि लामा अलमलमा परे। केहीबेर अस्पताल प्राङ्गणमै बसिरहिन् र अन्त्यमा इर्मजेन्सीमै जचाइन्। किनकी भिमफेदी देखि हेटौंडासम्म ओहोरदोहोर गर्न खर्च लाग्ने सोचेर इर्मजेन्सीमै जचाउने निर्णय गरिन्।

त्यस्तै, हेटौंडा १७ हटियाका ८ वर्षीय सुलभ श्रेष्ठ रातीदेखि नै पखाला र भमिट भएर लखतरान भएका छन्।

उनकी आमा सानुमायाले उपचारको लागि आइतबार बिहानै हेटौंडा अस्पताल ल्याइन्। तर अस्पतालको ‘सेवा बन्द’ भन्ने खबर सुनेपछि उनलाई के गरौं गरौं भयो। अस्पतालले सेवा बन्द गरेर किन अन्याय गरेको होला भन्दै उनले गुनासो गरिन्।

‘इमर्जेन्सीमा पनि टिकट पाउन मुस्किल रैछ। बल्लतल्ल उपचार भयो, सानुमायाले भनिन्।’ उनले भनिन्।

चिकित्सकहरुको आन्दोलनका कारण बिरामीलाई गाह्रो भएको उनको बुझाइ छ। लामा र श्रेष्ठ जस्तै सयौं बिरामीले आज यस्तै हैरानी भोग्नु परेको छ।

मकवानपुर र आसपासका जिल्लाहरु बारा, रौतहट विरगंज लगाएतका बिरामीहरुले समेत स्वास्थ्य सेवा लिने एकमात्र थलो हेटौंडा अस्पताल बन्द हुँदा बिरामीहरु हैरानी खेपिरहेका छन्।

उनीहरुले ज जस्को आन्दोलन भए पनि जहिलै गाह्रो जनतालाई नै भएको भन्दै आक्रोश पोखेका छन्।

नेपाल चिकित्सक संघको नेतृत्वमा आज देशभर स्वास्थ्य संस्था बन्द भएका थिए।

राष्ट्रपतिको सवारी हुँदा वीर अस्पताल बाहिर चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प गरिएको थियो। 

सरकारसँगको वार्तापछि संघले ६ बुँदे सहमति गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .