ad ad

बागमती


कोइला बालेर सेक्दा निसासिएर ४ दिने शिशुको मृत्यु

कोइला बालेर सेक्दा निसासिएर ४ दिने शिशुको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
माघ २९, २०७९ आइतबार १३:८, हेटौँडा

मकवानपुरमा कोइला बालेर सेक्ने क्रममा निसासिएर ४ दिने शिशु (बालक) को मृत्यु भएको छ। शनिबार मकवानपुरको भीमफेदी गाउँपालिका–४ थानसिङ गाउँमा आफ्नै घरमा कोइला बालेर सेक्ने क्रममा निसासिएर ४ दिनको शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

जिल्ला प्रहरीका अनुसार घटनास्थलमा शिशुको बाबु २६ वर्षीय रुपेश घले र आमा २२ वर्षीया विपना थिङ निसासिएर बेहोस अवस्थामा भेटिएका थिए। 

उनीहरुलाई उपचारका लागि शनिबार नै हेटौंडा अस्पताल ल्याइएको थियो। शिशुको आमा विपनालाई हेटौंडा ११ को चुरेहिल अस्पतालपछि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ। घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .