ad ad

बागमती


‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा : मुख्यसचिव भन्छन्- मन्त्रिपरिषदमा एजेन्डा लैजान छुटेछ

‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा : मुख्यसचिव भन्छन्- मन्त्रिपरिषदमा एजेन्डा लैजान छुटेछ

मुख्यमन्त्री शालिकराम जम्मकट्टेल


नेपालखबर
माघ २९, २०७९ आइतबार १५:१५, हेटाैँडा

बागमती प्रदेश सरकारले फागुन १ गते अर्थात् भोलि जनयुद्ध दिवसको अवसरमा प्रदेशका १० जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।

माघ २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको बताइए पनि अन्य मन्त्रीहरुले भने यो बिदा सम्बन्धी एजेन्डा बैठकमै नउठेको बताएर असन्तुष्टि व्यक्त गरिरहेका बेला मुख्यसचिवले नै बैठकमा एजेन्डा लैजान छुटेको स्वीकार गरेका छन्। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्य सचिव मुकुन्द प्रसाद निरौलाले प्रस्ताव प्रमाणीकरण गर्नुअघि मुख्यमन्त्री जम्मकट्टेलले नै एजेन्डा थपेको बताए।

बैठकमा नउठेका एजेण्डा पछि थप्न पाइन्छ र? भन्ने नेपालखबरको प्रश्नमा मुख्यसचिव निरौलाले नमिले पनि मिलाइएको बताए ।

‘२४ गते मन्त्रिपरिषद्को बैठकमा यो एजेन्डा प्रस्तुत गर्न छुटेछ’ उनले भने, ‘त्यसैले निर्णय प्रमाणीकरण गर्नु अघि मुख्यमन्त्रीज्यूले यो प्रस्ताव थप्नुभएको हो। प्रस्ताव लान ढिलो भएर पछि थपिएको हो।’ 

निरौलाका अनुसार ‘विविध’मा राखेर यो निर्णयमा पछि सहि गरिएको हो।

नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री जम्मकट्टेलले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिन एकलौटी निर्णय गरेको भन्दै प्रदेशका अन्य पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु असन्तुष्ट देखिएका छन्।

कार्यकालको सुरुवातमै स्वार्थ बाझिने निर्णय एकलौटी ढंगले गरेको भन्दै उनको आलोचना भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .