ad ad

राजनीति


संसदमा प्रश्न : सरकारले गल्ती गर्छ, गाली किन राष्ट्रपतिलाई?

संसदमा प्रश्न : सरकारले गल्ती गर्छ, गाली किन राष्ट्रपतिलाई?

फाइल तस्बिर


नेपालखबर
माघ २९, २०७९ आइतबार १५:१७, काठमाडौँ

नेकपा एमालेका सांसद रघुजी पन्तले औपचारिक कार्यक्रममा राष्ट्रपतिसहितका भीआईपीलाई लैजाँदा सरल उपाय अपनाउन माग गरेका छन्।

आइतवार दिउँसो संसद बैठक सुरु हुनेबित्तिकै विशेष समय लिएर बोल्ने क्रममा उनले यस्तो माग गरेका हुन्। 

'राष्ट्रपतिको सवारीलाई लिएर रामवरण यादवको पालामा पनि विवाद भएको थियो। हामीले उतिबेलैदेखि यसलाई सरल र सहज बनाउनु भनेका हौ', उनले भने, 'शुक्रबार राष्ट्रपति निस्किँदा एम्बुलेन्स पनि जाममा पर्यो। सर्वसाधारणले दु:ख पाए।'

उनले राष्ट्रपतिको सवारी सरल बनाउने काममा सरकारले भूमिका नखेलेको बताए। 'सरकारले गल्ती गर्दा राष्ट्रपतिले गाली खाने? यसलाई सरलीकृत गरौँ भन्दा सरकार किन तयार हुँदैन?', उनले सोधे, 'आजका पत्रिकाका सम्पादकीयमा पनि राष्ट्रपतिको आलोचना भएको छ। यो विषयलाई गम्भीरतापूर्वक लिऔँ।'

उनले राष्ट्रपतिको आक्रोश सांसदहरुमाथि पनि पोखिएको बताए।

'राष्ट्रपतिको सवारीका कारण दु:ख पाएकाहरुले सांसदलई पनि गाली गरे। मैले लोगो नै छोपेर हिँड्नुपर्यो', उनले भने, 'यसलाई समयानुकुल परिमार्जन गर्नुपर्छ। सरकारले सरल उपाय नखोज्ने अनि राष्ट्रपतिले गाली खाने? भीआईपीका सवारीहरु औपचारिक कार्यक्रममा जाँदा सहज र सजिलो बनाइयोस्, यो काम सरकारको दायित्व हो।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .