ad ad

बागमती


कोइला अभावले हेटौंडा सिमेन्ट उद्योग तीन हप्तादेखि बन्द

कोइला अभावले हेटौंडा सिमेन्ट उद्योग तीन हप्तादेखि बन्द

फाइल।


नेपालखबर
फागुन १, २०७९ सोमबार १२:०, काठमाडौँ

पूर्ण सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगकोे उत्पादन बन्द भएको छ।

उद्योगमा कोइलाको अभाव हुँदा सिमेन्द उत्पादन पूर्ण रुपमा बन्द भएको हेटौंडा सिमेन्ट उद्योगका प्रवन्ध निर्देशक वसन्त कुमार पाण्डेले बताए। 

‘मेन्टिनेन्सका कामहरु पनि भइरहेको छ, कोइला अभावले पनि उत्पादन गर्न सकिरहेको छैन,’ पाण्डेले नेपालखबरसँग भने। उनका अनुसार लगभग तीन हप्तादेखि सिमेन्ट उत्पादन ठप्प भएको हो। 

उत्पादन बन्द भएपनि स्टक सिमेन्ट भने बजारमा पठाइरहेको उनको दाबी छ।

कोइला ल्याउनको लागि टेन्डर आव्हान गरेको बताउँदै यो हप्ताभित्र सिमेन्ट उत्पादन सुरु हुने पाण्डेले बताए। उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आपूर्तिको बोलपत्र आह्वान गरेर पहिलो र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला ल्याउने क्रममा रहेको जनाएको छ। 

उनका अनुसार उद्योगले गुणस्तरीय कोइला भारत, इन्डोनेसिया, भूटान र पाकिस्तानबाट आयात गरी ल्याउने गरेको छ। उद्योगबाट उत्पादित सिमेन्ट काठमाडा, हेटौंडा, लगायत देशभरका सहरहरुमा आपूर्ति भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .