नेपाली कथानक चलचित्र ‘हुक्का : एन एब्जर्ड ड्रिम’ले रिलिज मिति तय गरेको छ। निर्माण टिमले फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो। फिल्म आगामी चैत ३ मा रिलिज हुने भएको छ।
फिल्मको सार्वजनिक पहिलो पोस्टरमा फिल्मका शीर्ष कलाकार प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरीलाई प्रस्तुत गरिएको छ। फिल्म शम्भु थापाले निर्देशन गरेका हुन्।
स्पाइनी बाबलर क्रियसनले ह्यासट्याग नेपालसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा प्रमिला, प्रकाश र तेजका साथमा अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक र सन्तोषकुमार आत्रेयले अभिनय गरेका छन्।
सन्तोषकुमार आत्रेयले कथा लेखेको फिल्ममा पटकथा लेखनमा भने आत्रेयसँग भगवान पौडेलले सहकार्य गरेका छन्। विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन रहेको फिल्ममा कृष्णबहादुर थापाको छायांंकन छ।
Shares
प्रतिक्रिया