ad ad

बागमती


काठमाडौँमा लागुऔषध खाई गाडी चलाउने ४ चालक पक्राउ

काठमाडौँमा लागुऔषध खाई गाडी चलाउने ४ चालक पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
चैत १९, २०७९ आइतबार ६:२५, काठमाडौँ

ट्राफिक प्रहरीले काठमाडौँको कोटेश्वरबाट लागुऔषध खाई सवारीसाधन चलाउने चारजनालाई नियन्त्रणमा लिएको छ। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोटेश्वर क्षेत्रमा गरेको विशेष चेकिङका क्रममा लागुऔषध खाई सवारीसाधन चलाउने चार चालकलाई गए राति नियन्त्रणमा लिएको हो।

ट्राफिक प्रहरीेले बा ५ ख ८४५५ नम्बरको टिपर चालक दोलखाका २४ वर्षीय कुमार कार्की, बा ४ ख ७३४७ नम्बरको टिपरका चालक काभ्रेपलाञ्चोकका ३३ वर्षीय विजय तामाङ, बा १ ज ८९६१ नम्बरको ट्याक्सीका चालक सिन्धुलीका २३ वर्षीय ईन्द्रबहादुर बस्नेत र बागमती प्रदेश-०३-००१ ख १००४ नम्बरको लहरीका चालक नुवाकोटका २६ वर्षीय अर्जुन लामालाई पक्राउ गरेको हो।

ट्राफिक प्रहरी, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त टोलीले गएराति १० बजेदेखि १२ बजेसम्म २१ सवारीसाधनमा गरेको जाँचका क्रममा चार चालकलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। 

नियन्त्रणमा लिएका चारैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको प्रवक्ता भट्टले बताए। मादक पदार्थ पिई सवारीसाधन चलाउने चालकलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गरिरहेको भए पनि पछिल्लो समय लागुऔषध खाई गाडी चलाउने चालक भेटिन थालेपछि लागुऔषध जाँच अभियानलाई तीव्रता दिइएको सो कार्यालयले जनाएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .