ad ad

समाज


काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा क्षणिक वर्षाको सम्भावना

काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा क्षणिक वर्षाको सम्भावना

फाइल तस्बिर


नेपालखबर
चैत १९, २०७९ आइतबार ६:५१, काठमाडौँ

आजदेखि तुलनात्मक रूपमा वर्षा कम हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज देशका पहाडी भेगमा वर्षाको सम्भावना भए पनि हिजो (शनिबार) को जस्तो पानी पर्ने छैन। 

मौसमविद् प्रतिभा मानन्धरका अनुसार यतिबेला पहाडी भेगमा आंशिक बदली (थोरै आकाशमा बादल) भएको छ भने तराई क्षेत्रमा मौसम सफा छ। 

मौसम महाशाखाको बुलेटिनअनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। कोशी प्रदेशलगायत देशका पहाडी भेगका थोरै स्थानमा भने मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।

‘आज हिजोको जस्तो छैन’, मौसमविद् मानन्धरले भनिन्, ‘कोशी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा हल्का, छिटपुटको वर्षाको सम्भावना छ।’

उनका अनुसार कोशी प्रदेशमा पनि पहाडमा वर्षाको सम्भावना बढी छ भने तराईमा कम। बाँकी प्रदेशका पहाडी भेगका थोरै स्थान भन्नाले जहाँ पनि वर्षा हुनसक्छ। 

‘आज दिउँसो काठमाडौँ उपत्यकामा पनि क्षणिक/छिटपुट वर्षाको सम्भावना छ’, मौसमविद् मानन्धरले भनिन्, ‘तर हिजोको जस्तो छैन।’ 

महाशाखाका अनुसार राति देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .