ad ad

बागमती


चितवन–२ को उपनिर्वाचनमा २४ जनाको उम्मेदवारी

चितवन–२ को उपनिर्वाचनमा २४ जनाको उम्मेदवारी

नेपालखबर
चैत २१, २०७९ मंगलबार ७:३८, चितवन

वैशाख १० मा हुने उप निर्वाचनका लागि चितवन–२ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

सहायक निर्वाचन अधिकृत इश्वर आचार्यका अनुसार १२ जना विभिन्न राजनीतिक दलबाट र १२ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

२४ जनामा २ जना महिला छन्। उनीहरु स्वतन्त्र उम्मेदवार हुन्।

चैत २१ गते दावी विरोधको समय रहेको र २३ गते स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिइने दिइने उनले जानकारी दिए।

चितवन–२ मा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका जित नारायण श्रेष्ठ, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीचको मुख्य प्रतिस्पर्धा हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .