ad ad

बागमती


काठमाडौँको टोखामा आगलागी, पाँच सटर जलेर नष्ट

काठमाडौँको टोखामा आगलागी, पाँच सटर जलेर नष्ट

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख ९, २०८० शनिबार ६:२१, काठमाडौँ

काठमाडौँको टोखामा आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएका छन्। शुक्रबार साँझ अन्दाजी ७ बजेतिर ग्रान्डी अस्पतालनजिक मासु पसलमा लागेको आगलागीले पाँच सटर जलेर नष्ट भएका हुन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले मासु पोल्दा प्रयोग हुने आगोको झिल्को अन्य ठाउँमा फैलिँदा पाँच सटर आगलागी भएर नष्ट भएको राससलाई जानकारी दिए। 

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, दमकल र पानीको ट्याङ्करको सहायताले अहिले उक्त आगलागी नियन्त्रणमा आएको छ। आगलागीबाट कति क्षति भयो भन्नेबारे अहिलेसम्म खुलेको छैन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .