ad ad

बागमती


चितवन प्रशासनले बदल्यो निर्णय, भोलि पूर्वपश्चिम राजमार्ग पनि बन्द गरिने

चितवन प्रशासनले बदल्यो निर्णय, भोलि पूर्वपश्चिम राजमार्ग पनि बन्द गरिने

फाइल तस्बिर


नेपालखबर
बैशाख ९, २०८० शनिबार १३:२५, काठमाडौँ

जिल्ला सुरक्षा समिति चितवनले पनि आइतबार बिहानैदेखि मुख्य राजमार्गसहित जिल्लामा सवारीसाधन चलाउन रोक लगाउने भएको छ।

यसअघि मुख्य राजमार्गमा लामो दूरीका सवारीसाधनलाई समूहमा सुरक्षाकर्मीले स्कर्टिङसहित कटाउने निर्णय गरेको चितवन प्रशासनले उक्त निर्णय बदर गर्दै बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। 

चितवन क्षेत्र नं २ मा एकसय ३८ वटा मतदान केन्द्र छन्। 

‘यसअघि मिलाएर चलाउने भन्ने निर्णय गरेका थियौं। तर त्यसरी पनि सुरक्षामा दक्खल पुग्ने देखिएपछि पूर्ण रुपमा रोक लगाउने निर्णय गरेका छौं। एम्बुलेन्स, दमकलजस्ता अति आवश्यक सवारी साधनबाहेक अरु सञ्चालन हुँदैनन्’, प्रजिअ पौडेलले नेपालखबरसँग भने।

यसका लागि छिमेकी जिल्लालाई पनि सूचना गरिसकिएको प्रशासनले जानकारी दिएको छ। भोलि बिहान ६ बजेअगाडि नै सवारीसाधन यो जिल्लाबाट कटाइसक्न भनिएको छ। 

काठमाडौंबाट चितवन हुँदै जाने सवारीसाधन धादिङमा र काठमाडौं भित्रिने सवारीसाधन मकवानपुरमै रोकिनेछन्। 

निर्वाचनका लागि आवश्यक सामाग्री ढुवानी र कर्मचारीको व्यवस्थापन भइसकेको छ। आइतबार बेलुकीदेखि नै त्यहाँ मतगणना सुरु गर्ने तयारी रहेको छ। 

यसअघि यो क्षेत्रबाट निर्वाचित सांसद रवि लामिछाने नागरिकताको मुद्दामा दोषी ठहर भएसँगै यो क्षेत्रमा उपनिर्वाचन भएको हो। पुनः प्रक्रिया पूरा गरेर नागरिकता लिएका लामिछाने पनि प्रतिस्पर्धामा छन्। रास्वपाका सभापतिसमेत रहेका लामिछानेसँगै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने मुख्यगरी प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .