चितवन–२ को उपनिर्वाचन अन्तर्गत आज सम्पन्न मतदानमा ५९ प्रतिशत मत खसेको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान केन्द्रबाट प्राप्त प्रारम्भिक सूचना अनुसार ५९ प्रतिशत मतदान भएको हो। जुन अघिल्लो निर्वाचन भन्दा कम हो।
मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको छ। चितवन २ मा कुल मतदाता १ लाख २४ हजार ६९८ छन्।
मंसिर ४ को चुनावमा ८४ हजार १७ मत खसेकोमा अहिले त्यो भन्दा कम खसेको हो। त्यतिबेला १ लाख २४ हजार २१७ मतदाता थिए।
36
Shares
प्रतिक्रिया