ad ad

बागमती


बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

नेपालखबर
बैशाख १३, २०८० बुधबार २०:२, हेटाैँडा

बागमती प्रदेश सरकारले हिउँदे अधिवेशन अत्यका लागि सिफारिस गरेको छ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो।

संविधानको धारा १८३ को उपधारा २ बमोजिम हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।

बैठकले युवा वैज्ञानिक कोष सञ्चालन विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि भएको प्रवक्ता श्रेष्ठले बताए।

यस्तै, प्रवक्ता श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेशको कामकाजको भाषासम्बन्धी विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय पनि गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .