ad ad

बागमती


बनेपामा मोटरसाइकलको ठक्करबाट मृत्यु, अरनिको राजमार्ग बन्द

बनेपामा मोटरसाइकलको ठक्करबाट मृत्यु, अरनिको राजमार्ग बन्द

नेपालखबर
बैशाख १९, २०८० मंगलबार ९:५६, बनेपा

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ स्थित भैँसेपाटीमा गएराति मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। 

काठमाडौँतर्फ जाँदै गरेको बा६३प २७२ नंको  मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकीको मृत्यु भएको हो।

बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय (बनेपा) का प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए। 

अरनिको राजमार्गअन्तर्गत भैँसेपाटी क्षेत्रमा  स्थानीय बासिन्दाले विरोध प्रदर्शन गर्दा सो क्षेत्रमा आवतजावत ठप्प भएको छ। 

सो क्षेत्र भई आवातजावत गर्ने सवारीसाधन बनेपा–नाला–भक्तपुरको बाटोबाट वैकल्पिक मार्गबाट सञ्चालन भइरहेको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .