ad ad

बागमती


बागमती प्रदेशको बजेट निर्माणबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

बागमती प्रदेशको बजेट निर्माणबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

नेपालखबर
बैशाख २५, २०८० सोमबार ९:८, हेटौँडा

बागमती प्रदेशमा आज (सोमबार) सर्वदलीय बैठक बस्दै छ। आर्थिक वर्ष २०८०/८१ को नीति, योजना तथा कार्यक्रमबारे छलफल गर्न सर्वदलीय बैठक बस्न लागेको हो। 

बैठक अपराह्न ४ बजे बस्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

आउँदो आर्थिक वर्षको बजेट निर्माणका लागि मुख्यमन्त्री कार्यालयले सर्वदलीय बैठक बोलाएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलका राजनीतिक सल्लाहकार डीपी ढकालले जानकारी दिए।

बैठकमा बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सातवटै राजनीतिक दलका प्रतिनिधि सहभागी हुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .