ad ad

बागमती


बागमतीमा बजेटको आकार घटाउन सर्वदलीय बैठकको सुझाव

बागमतीमा बजेटको आकार घटाउन सर्वदलीय बैठकको सुझाव

नेपालखबर
बैशाख २५, २०८० सोमबार १८:९, हेटाैँडा

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट कस्तो बनाउने भन्ने विषयमा छलफल गरेको छ।

मंगलबार बागमती प्रदेश सभाहलमा बसेको सर्वदलीय बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको विषयमा छलफल गरेको हो। सर्वदलीय बैठकले प्रदेशमा आवश्यक नीति तथा कार्यक्रमको बिषयमा छलफल गरेको प्रदेशका अर्थमन्त्री बहादुरसिंह लामाले बताए।

बजेट कुन सेक्टरमा बनाउँदा प्रभावकारी हुन्छ भन्ने विषयमा छलफल भएको मन्त्री लामाले बताए।

‘प्रदेशलाई कसरी प्रभावकारी नीति तथा कार्यक्रम बनाउने भन्ने विषयमा बृहत छलफल भयो’ उनले भने, ‘बजेटमा के विषयलाई फोकस गर्ने, कस्तो प्रकारको कार्यक्रमलाई प्राथमिकता दिने, दिगो विकास लक्ष्यका अवधारणालाई ख्याल गरेर कसरी बजेट बनाउने भन्ने विषयमा छलफल गर्यौं।’

मन्त्री लामाका अनुसार शिक्षामा के गर्दा शैक्षिक बृद्धिदर बढाउन सक्ने, कृषिमा कसरी लगानी बढाउने, भौतिक पूर्वाधारमा कसरी अघि बढ्ने लगाएतका विषयमा छलफल भएको हो।

चालू आर्थिक वर्ष बढेको बजेटको आकार आगामी आर्थिक वर्षमा घटाउन समेत राय संकलन भएको मन्त्री लामाले बताए। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ७० करोड ९३ लाखको बजेट ल्याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .