ad ad

बागमती


आरजु राणाविरुद्ध स्ट्याटस लेख्दा पक्राउ परेका कोइराला रिहा

आरजु राणाविरुद्ध स्ट्याटस लेख्दा पक्राउ परेका कोइराला रिहा

नेपालखबर
बैशाख २८, २०८० बिहिबार १८:३७, हेटाैँडा

नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै सञ्जालमा लेख्दा पक्राउ परेका अभियन्ता कृष्ण कोइराला रिहा भएका छन्। पक्राउ परेको तीन घण्टापछि प्रहरीले कोइरालालाई रिहा गरेको हो।

आरजु हेटौंडा २ स्थित जमदार ग्रुपले सञ्चालनमा ल्याएको स्वदेशी सुपरमार्केट उद्घाटनका लागि हेटौँडा आएकी थिइन्। मकवानपुर जागरण अभियानको टोलीले आरजुलाई कालो झन्डा देखाउने तयारीमा थियो। कोइराला यो अभियानका अध्यक्ष हुन्।

कोइरालाले आफ्नो फेसवुकमा ‘मानव तस्करीको आरोप लागेकी कांग्रेस नेत्री राणालाई आज हेटौँडामा सार्वजनिक रुपमा बहिस्कार गरौं’ भनेर लेखेका थिए।

उद्घाटनस्थलमा आरजु आउनु भन्दा अगाडि नै प्रहरीले कोइरालालाई नियन्त्रणमा लिएको थियो।

रिहापछि नेपालखबरसँग कुरा गर्दै कोइरालाले  प्रहरीले चित्त नबुझेको कुरामा शान्तिपूर्ण विरोध गर्न पाउने जनताको अधिकारमाथि हस्तक्षेप गरेको बताए।

शान्तिपूर्ण विरोध गर्न गएको मान्छेलाई नियन्त्रणमा लिएर लोकतन्त्रको धज्जी उडाउने कार्य भएको उनको भनाई छ।

नक्कली शरणार्थी प्रकरणमा आरजुको संलग्नता रहेको कतिपयको आरोप छ।

उक्त विषयमा आरजुले पैसा लिएको भन्ने अडियो बाहिरिएको थियो। सो विरुद्ध आरजुले प्रहरीमा उजुरीसमेत दिएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .