ad ad

बागमती


विद्यार्थीसँगै कक्षाकोठामा मेयर बालेन

विद्यार्थीसँगै कक्षाकोठामा मेयर बालेन

सबै तस्बिर– मेयर शाहबाट


नेपालखबर
बैशाख ३०, २०८० शनिबार ९:४, काठमाडौँ

काठमाडौं महानगरपालिकाले सुरु गरेको ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत शुक्रबार जमलस्थित दरबार हाई स्कुल र  पद्मोदय माध्यमिक विद्यालयको निरीक्षण गरिएको छ। 

निरीक्षणका क्रममा विद्यालयका शिक्षकहरूसँग स्रोत, साधन र मानव शंसाधनको अवस्थाबारे जानकारी लिँदै पुस्तकालय अनुगमन पनि गरिएको मेयर बालेन्द्र (बालेन) शाहले जानकारी दिएका छन्। 

‘ती दुई विद्यालयका कक्षाकोठामा विद्यार्थीहरू सँगै बस्ने अवसर मिल्यो’, मेयर शाहले भनेका छन्, ‘यो निरीक्षणले विद्यार्थी र शिक्षकहरूसँग थप नजिक भएको महसुस भएको छ।’

निरीक्षण टोलीमा मेयर शाहसँगै महानगरपालिकाका विभागीय प्रमुख, स्कुल व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापकलगायत सहभागी थिए। 

‘शिक्षामा सिप’ कार्यक्रम स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका बेला मेयर शाहले प्रमुख कार्यक्रमका रूपमा घोषणापत्रमा समेटेका थिए। 

उनका अनुसार कक्षा ९ मा नमुनाका रूपमा थालिएको उक्त कार्यक्रमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कलालगायत १० वटा क्षेत्र निर्धारण गरिएका छन्। फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ एन्ड इलेक्ट्रिकल), विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधा तालिमका विधा हुन्।

महानगरपालिकाले पुस्तकविहीन शुक्रबारका कार्यक्रमअन्तर्गत थालेको तालिमबाट विद्यार्थीहरूले व्यावहारिक र जीवनोपयोगी सीप प्राप्त गर्न सक्ने अपेक्षा मेयर शाहले गरेका छन्। 

‘विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्नु तालिमको मुख्य उद्देश्य हो’, उनले भनेका छन्, ‘यसले विद्यार्थीहरूमा श्रमप्रतिको आदर र सम्मान भाव विकास हुने हामीले आशा राखेका छौँ।’ 

विद्यालय निरीक्षणका क्रममा खिचिएका थप तस्बिर– 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .