बागमती प्रदेश सभाको अधिवेशन जेठ ९ गते बस्ने भएको छ।
प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेश सभाको अधिवेशन जेठ ९ गते १ बजे आह्वान गर्ने निर्णय गरेको हो।
यस्तै, बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक मस्यौदा तयारीको सिद्धान्त स्वीकृति दिने निर्णय पनि गरेको छ।
बैठकले दोलखाको जिरी नगरपालिका ५ मा प्रदेश गौरवको आयोजनाको रुपमा निर्माण गरिने मानव निर्मित पर्यटकीय ताल निर्माणका लागि ७७५ रोपनी जग्गा प्राप्तीसम्बन्धी प्रारम्भिक प्रकृया अगाडि बढाउने निर्णय गरेको छ।
प्रतिक्रिया