ad ad

बागमती


काभ्रेमा सहकारी लुटेर फरार दुईजना मकवानपुरबाट पक्राउ

काभ्रेमा सहकारी लुटेर फरार दुईजना मकवानपुरबाट पक्राउ

नेपालखबर
जेठ १, २०८० सोमबार १५:५०, हेटाैँडा

काभ्रेको पनौतीमा एक सहकारी संस्थाबाट ३३ लाख लुटेर फरार भएका दुई जना मकवानपुरबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर ईन्द्रसरोवर गाउँपालिका–५ बस्ने ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकबर लामा रहेका छन्।

उनीहरुलाई मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नं. ५ मघुवनमा लुकिछिपीमा बसिरहेको अवस्थामा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

प्रवक्ता कार्कीका अनुसार रुम्बा र लामाले गत वैशाख १७ गते काभ्रे पनौती नगरापालिका वडा नं. ७ स्थित रहेको पनौती सामुदायिक सहकारी संस्थाबाट ३३ लाख चोरी गरेर फरार भएका थिए। प्रहरीले खोजतलास गर्दै जाने क्रममा १५ दिनपछि चोरीमा संलग्न रुम्बा र लामालाई पक्राउ गरिएको प्रवक्ता कार्कीले बताए।

विशेष सूचनाको आधारमा सोमबार तालुक इलाका प्रहरी कार्यालय पनौती काभ्रेको र जिल्ला प्रहरी कार्यालय मकवानुरको संयुक्त प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट नगद ५ लाख ४५ हजार, १ थान एक नाले भरुवा बन्दुक र १ थान रड बरामद समेत गरिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .