ad ad

बागमती


मकवानपुरमा बसको ठक्करबाट वृद्धाको मृत्यु

मकवानपुरमा बसको ठक्करबाट वृद्धाको मृत्यु

नेपालखबर
जेठ १०, २०८० बुधबार १४:९, हेटौँडा

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६, नयाँबस्तीमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय (मकवानपुर) का अनुसार रौतहटको गौरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख १७४० नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा मनहरी गाउँपालिका–७, सुनाचुरीकी ७१ वर्षीया मनमाया थिङको मृत्यु भएको हो। बसले बुधबार बिहान २ बजेतिर वृद्धालाई ठक्कर दिएको हो। 

बसको ठक्करबाट गम्भीर घाइते भएकी थिङलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइकामा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। बस र बस चालक प्रहरीको नियन्त्रणमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .