ad ad

बागमती


सडकमा बाधा पुर्‍याउनेलाई महानगरपालिकाले तिरायो जरिवाना

सडकमा बाधा पुर्‍याउनेलाई महानगरपालिकाले तिरायो जरिवाना

सडकमा बाधा पुग्नेगरी सञ्चालित मोटरसाइकल वर्कसपलाई कारबाही गर्दै नगर प्रहरी।


नेपालखबर
जेठ ११, २०८० बिहिबार १०:५७, काठमाडौँ

काठमाडौं महानगरपालिकाले सडकमा अवरोध हुनेगरी सञ्चालन भएका ३४ वटा मोटरसाइकल वर्कसपलाई ५ हजार रुपैयाँका दरले जरिवाना तिराएको छ। 

बुधबार खटिएको नगर प्रहरीले सडकमा मोटरसाइकल मर्मत गर्ने, मोबिल पोखेर सडक चिप्लो बनाउने, मर्मतका सामान सडक किनारामा राखेर फोहोर बनाउनेलाई कारबाही गरेको हो। 

मोटरसाइकल सफा गरेको पानी सडकमा पठाएर कालो बनाउने ५५ जनालाई नियन्त्रणमा लिएको  थियो।

बुधबार नै कबाडी सामान संकलन गरेर सडक आवागमनमा अवरोध गर्नेगरी राख्ने २ जनालाई नियन्त्रणमा लिएर १० हजार रुपैयाँ जरिवाना तिराएको छ। 

यस्तै प्रचार बोर्ड बोकेर क्याम्पसमा भर्नाका लागि प्रचार गर्दै हिँडेका १ जनालाई पक्राउ गरी ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ। 

सहरी व्यवस्थापनमा अवरोध गर्नेहरुलाई तिराइएको जरिवानाबाट एकै दिनमा १ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन भएको महानगरपालिकाले उल्लेख गरेको छ। 

महानगर प्रहरी बलले सार्वजनिक आवागमन, सहरी सुन्दरता र व्यवस्थापनमा बाधा पुर्‍याउनेहरुलाई नियन्त्रणमा लिएर जरिवाना तिराउने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .