बागमती प्रदेशसभाको बैठक बिहीबार (जेठ ३२ गते)का लागि आह्वान गरिएको छ।
प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो २ बजेलाई आह्वान गरिएको हो।
बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। असार १ गते हुने बजेट अधिवेशनको विषयमा बैठकमा छलफल बताइएको छ।
प्रदेशसभाको बैठक गत जेठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो।
3
Shares
प्रतिक्रिया