ad ad

बागमती


बाढी पहिरोबाट बागमतीका कुन जिल्ला कति जोखिममा?

बाढी पहिरोबाट बागमतीका कुन जिल्ला कति जोखिममा?

नेपालखबर
जेठ ३१, २०८० बुधबार १८:३४, हेटाैँडा

नेपालमा मनसुन भित्रिएको छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो। यस हिसाबले यस वर्षको मनसुन सरदर मितिभन्दा १ दिन ढिला गरी प्रवेश गरेको महाशाखाले जनाएको छ।

मनसुनको समयमा अन्य बेलाभन्दा बढी बाढीपहिरोले जनजीवन प्रभावित बनाउने गर्दछ। पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण एकै ठाउँमा धेरै पानी पर्ने र ठूलो भेल पहिरोसहित बाढी आउने गरेको छ।

कतिपय जिल्ला बढीबाट बढी प्रभावित छन् भने कतिपय जिल्ला पहिरोबाट बढी प्रभावित छन्। यस्तै, केही जिल्ला बाढी र पहिरो दुवैको जोखिममा छन्। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुनको समयमा कुन जिल्लामा कस्तो जोखिम पर्न सक्छ भनी अध्ययन गरेर विभिन्न आकलन सार्वजनिक गरेको छ।

यस वर्ष विभिन्न जिल्ला उच्च जोखिम, जोखिम र बारम्बार भइरहेको जोखिमको सूचिमा राखेर विवरण सार्वजनिक गरिएको प्राधिकरणले जनाएको छ।

विगतको तथ्यांक, मौसम प्रणाली, यस वर्षको मनसुन पूर्वानुमानलगायत विभिन्न सूचकको विश्लेषणका आधारमा आउँदो मनसुनका समयमा नेपालका २० जिल्ला पहिरोको उच्च जोखिममा छन् भने अन्य ३३ जिल्ला पहिरोको मध्यम जोखिममा छन्।

बागमतीको अवस्था के छ?
१३ वटा जिल्ला रहेको बागमती प्रदेशले हिमाल, पहाड र तराई तीनै भूभागलाई छोएको छ। जसका कारण कतै पहिरो त कतै बाढी र डुवानको जोखिम उच्च छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्लाको भौगोलिकता तथा विभिन्न सूचकको विश्लेषणका आधारमा मध्यम जोखिम र उच्च जोखिम छुट्याएको छ।

जसमध्ये बागमती प्रदेशका तीन जिल्लाहरुलाई उच्च जोखिममा राखेको छ। ललितपुर, नुवाकोट र धादिङलाई उच्च जोखिम राखिएको हो।

यस्तै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मध्यम जोखिम रहेको जिल्लाहरु सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर र रसुवा रहेका छन् भने बाढीपहिरो दुवैबाट प्रभावित जिल्लामा सिन्धुली, काठमाडौं र सिन्धुपाल्चोक रहेका छन्।

प्रदेशको चितवन र भक्तपुरलाई भने जोखिमको सूचिमा राखिएको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .