बागमती प्रदेश सरकारले कृषिमा ३ अर्ब ३२ करोड रुपैयाँ विनियोजन गरेको छ।
शुक्रबार आर्थिक मामिलामन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए।
कषि कार्यक्रमअन्तर्गत कृषकलाई परिचय पत्र वितरण गरिने जानकारी उनले दिए।
दूध उत्पादन बढाउन प्रदेशभित्र १० वटा दूध जोन स्थापना गर्न बजेट छुट्याइएको छ।
काठमाडौं भित्र एक आधुनिक कृषि बजार स्थापना गर्न पनि बजेट छुट्याइएको उनले बताए। अनुदान, सहुलियकका कार्यक्रम र कृषि विस्तारका कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले बताएका छन्।
6
Shares
प्रतिक्रिया