मकवानपुरको मनहरि गाउँपालिकाले सीमान्तकृत वनकरिया जातिलाई पाडी वितरण गरेको छ।
मनहरि गाउँपालिका-४ मा बसोबासरत नेपालकै दुर्लभ र सीमान्तकृत वनकरिया जातिलाई पाडी वितरण गरिएको हो।
सोमबार वनकरिया बस्तीमा पाडी हस्तान्तरण गर्दै गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले उनीहरुको जीविकोपार्जनमा सहयोग पुग्ने विश्वासका साथ दिइएको बताइन्।
उनले सीमान्तकृत वनकरियालाई संरक्षण मात्र नभई उनीहरुलाई आयआर्जनमा पनि स्थानीय सरकारले सहयोग पुर्याउँदै अघि बढिरहेको बताइन्। गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत उनीहरुलाई तीन लाख बजेटबाट १० वटा पाडी वितरण गरिएको हो।
वितरण पश्चात् वडा नं ४ वडाध्यक्ष प्रकाश थापाले ६ वर्षसम्म पाडीको राम्रो स्याहार सुसार गर्न सके वनकरिया जातिमा आत्मनिर्भर हुने बाटो रहने बताए।
27
Shares
प्रतिक्रिया