ad ad

बागमती


प्रदेश मन्त्रालयमा ग्रेटर नेपालको नक्सा

प्रदेश मन्त्रालयमा ग्रेटर नेपालको नक्सा

नेपालखबर
असार ७, २०८० बिहिबार १५:४२, हेटाैँडा

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ। बिहीबार भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन्।

छिमेकी मुलुक भारतले आफ्नो नयाँ संसद् भवनमा नेपालका लुम्बिनी र कपिलवस्तुसमेत समेटिएको ‘अखण्ड भारत’ नामक नक्सा राखेपछि त्यसको प्रतिवादमा नेपालका सरकारी कार्यालयहरुले पनि पूर्व टिस्टा र पश्चिममा काँगडासम्म फैलिएको विशाल नेपालको नक्सा आफ्नो कार्यालयमा राख्न थालेका छन्।  

ग्रेटर नेपालको नक्सा राख्ने सुरुवात काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गरेको भएता पनि राम्रो कामको अनुसरण सबैले गर्नुपर्ने मन्त्री दुलालको भनाइ छ।

‘भारतले नेपाली भूमि मिच्न खोजेकाले मलाई पनि मेरो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न मन लागेर राखेको हुँ,’ मन्त्री दुलालले नेपालखबरसँग भने।

देशका विभिन्न स्थानीय तहहरुले ग्रेटर नेपालको नक्सा राख्दै आएकोमा प्रदेश सरकारको कार्यकक्षमा भने यो पहिलोपटक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .