पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा शुक्रबार बिहान भारतीय यात्रुवाहक बस दुर्घटना भएको छ।
एआर ०६ ई ७०३१ नम्बरको बस सडकमै पल्टिएको हो। दुर्घटनामा केही यात्रु घाइते भएका छन्। घाइतेको उद्धार सुरु गरिएको छ।
दुर्घटनाका कारण राजमार्ग बन्द भएको छ। काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनको लामो लाम लागेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
विस्तृत विवरण आउन बाँकी छ।
177
Shares
प्रतिक्रिया