ad ad

बागमती


पहिरोले कान्तिलोकपथ बन्द

पहिरोले कान्तिलोकपथ बन्द

फाइल तस्बिर


नेपालखबर
असार ९, २०८० शनिबार ११:३५, हेटौँडा

पहिरोका कारण कान्तिलोकपथको सडक बन्द भएको छ। कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित प्रहरीचौकीको करिब पाँच सय मिटर दक्षिण पहिरो जाँदा यातायात अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय (मकवानपुर) का अनुसार आज बिहानैदेखि पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको छ। पानी रोकिएपछि मात्रै पहिरो पन्छाउने सुरु गरिने मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक चन्द्र  घिमिरेले जानकारी दिए।

त्यस्तै मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग र भीमफेदी कुलेखानी सडकखण्डअन्तर्गत कुलेखानी चित्लाङतर्फको यातायात सेवा भने सञ्चालनमा रहेको उनले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .