ad ad

बागमती


राक्सिराङ गाउँपालिकाले ल्यायो ५९ करोड ९५ लाखको बजेट

राक्सिराङ गाउँपालिकाले ल्यायो ५९ करोड ९५ लाखको बजेट

नेपालखबर
असार ९, २०८० शनिबार २१:२१, काठमाडौँ

मकवानपुरको राक्सिराङ गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ५९ करोड ९५ लाख २५ हजार रहेको छ। शनिबार गाउँपालिकाको चौथो गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८०/८१ को लागि उक्त बजेट पारित भएको हो।

पालिकालाई केन्द्रबाट सबै किसिमको अनुदान मार्फत ४२ करोड ५९ लाख ७० हजार रुपैयाँ र प्रदेशबाट ७ करोड ७९ लाख ३२ हजार रुपैयाँ प्राप्त भएको बजेटमा उल्लेख गरिएको छ।

पालिकाले शिक्षातर्फ १५ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। आर्थिक विकासतर्फ ३ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको छ भने कृषितर्फ १ करोड ७२ लाख बजेट विनियोजन गरेको छ।

स्वास्थ्यतर्फ ४ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको राक्सिराङ्गले पूर्वाधार विकास विकासतर्फ ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

शनिबार भएको गाउँपालिकाको चौथो गाउँ सभामा पालिकाका उपाध्यक्ष वनस्तम थिङले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए।

सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल भए पश्चात सर्वसम्मत पारित भएको हो।

यसैगरी गाउँसभामा अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अर्थ विधेयक, २०८० र खर्च सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विनियोजन विधेयक,२०८० समेत पारित गरेको छ।

उक्क विधेयक गाउँपालिका अध्यक्षबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .