ad ad

बागमती


टिपरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

टिपरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

नेपालखबर
असार १०, २०८० आइतबार १२:३४, हेटाैँडा

मकवानपुरको हेटौँडा–२ चौकीटोलमा टिपरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

गएराति भैँसेबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको बागमती प्रदेश०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटरमा पछाडि सवार हेटौंडा–१ जरुवाटोल बस्ने २५ वर्षीय अमित कपाडीको मृत्यु भएको हो।

टिपरको ठक्करबाट घाइते भएका कपाडीको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार स्कुटरका चालक सामान्य घाइते भई हेटौंडा अस्पताल उपचारपश्चात घर फर्किसकेका छन्। प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .