ad ad

बागमती


मकवानपुगढी गाउँपालिकाको बजेट ६२ करोड २ लाख

मकवानपुगढी गाउँपालिकाको बजेट ६२ करोड २ लाख

नेपालखबर
असार १०, २०८० आइतबार २२:१३, काठमाडौँ

मकवानपुरगढी गाउँपालिकाले आव २०८०/०८१ का लागि ६२ करोड २ लाख ५६ हजारको अनुमानित बजेट ल्याएको छ। आइतबार वार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीन (नेपाली)ले ६२ करोड २ लाख ५६ हजारको अनुमानित आय पेश गरेकी थिइन्।

उनले आयतर्फ सरकार वित्तीय समानिकरण अनुदान ९ करोड ७४ लाख, प्रदेश सरकार वित्तीय मानिकरण अनुदान ८६ लाख गरी वित्तीय समानिकरण अनुदानमा १० करोड ६० लाख प्राप्त भएको बताएकी छन्।

उनले संघीय सरकार राजश्व बाँडफाँड मूल्य अभिवृद्धि कर ६ करोड २२ लाख बाँडफाँड भई प्राप्त हुने अन्तरशुल्क राजश्व ३ करोड ६, खानी तथा खनिज सम्बन्धी रोयल्टी बाँडफाँडबाट १ करोड २५ लाख, घरजग्गा रजिष्ट्रेसन दस्तुरबाट १ करोड २७ लाख बाँडफाँडबाट प्राप्त हुने सवारीसाधन कर १ करोड ७५ लाख, बाँडफाँडबाटै वन रोयल्टी ५ लाख ७२ हजार, जलस्रोत रोयल्टीबाट १ लाख, नदिजन्य पदार्थ बाँडफाँडबाट हुने आय ४ करोड ५० सहित १८ करोड ५ लाख ७८ हजार अनुमान पेश गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .