ad ad

बागमती


गोदावरी नगरपालिकाको बजेट २ अर्ब ३३ करोड

गोदावरी नगरपालिकाको बजेट २ अर्ब ३३ करोड

नगरपालिकाको ११औं नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख मुना अधिकारी।


नेपालखबर
असार ११, २०८० सोमबार ८:३४, काठमाडौँ

ललितपुरको गोदावरी नगरपालिकाले २ अर्ब ३३ करोड बराबरको बजेट सार्वजनिक गरेको छ। शुक्रबार नगरपालिकाको ११औं नगरसभामा उपप्रमुख मुना अधिकारीले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेकी हुन्। 

बजेटमा पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिइएको छ। 

प्रशासनिक खर्च ३० करोड तथा शिक्षातर्फपाँच करोड र स्वास्थ्यतर्फ रु तीन करोड विनियोजन गरिएको छ।

नगरपालिकाले कृषिमा एक करोड ५० लाख, सार्वजनिक सेवा तथा विकास निर्माणका लागि १ अर्ब २६ करोड बजेट विनियोज गरिएको छ 

वडास्तरीय योजनाका लागि २१ करोड बजेट विनियोजन भएको उपप्रमुख अधिकारीले जानकारी दिइन्।

नगर उपप्रमुख अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कृषि, पर्यटन, उद्योगको एकीकृत विकास गर्दै समुन्नत र हरित सहरको निर्माण गरी सुखी/खुसी नगरका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .