ad ad

बागमती


हिँडडुल गर्न नसक्ने सन्तोषीलाई सीडीओले घरमै पुगेर दिए नागरिकता

हिँडडुल गर्न नसक्ने सन्तोषीलाई सीडीओले घरमै पुगेर दिए नागरिकता

सन्तोषी रिमाललाई नागरिकता दिँदै सीडीओ किरण थापा। तस्बिर : रासस


नेपालखबर
असार १३, २०८० बुधबार १०:३०, त्रिशूली

नुवाकोटको तारकेश्वर गाउँपालिका–६ की शारीरिक रूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन्। 

जन्मजात नै शारीरिक रूपमा पूर्ण अशक्त भएका कारण हिँडडुल गर्न नसक्ने २१ वर्षीया रिमाललाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) किरण थापाले मङ्गलबार घरमै पुगेर नागरिकताको प्रमाणपत्र दिएका हुन्। 

उक्त वडाका वडाध्यक्ष नारायणप्रसाद रिमालले जिल्ला प्रशासन कार्यालयमा पेस गरेको आवश्यक कागजातसहितको सिफारिस तयार गरेसँगै उनलाई प्रजिअ थापा, सहायक प्रजिअ वेदनिधि अधिकारी, प्रशासकीय अधिकृत सुरेश खतिवडासहितले घरमा पुगेर आवश्यक प्रक्रिया पूरा गराई नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका हुन्। 

शारीरिक रूपमा पूर्ण अशक्त रिमाललाई नागरिकताको अभावमा सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ताबापतको रकम पाउन समस्या भएको जानकारीमा आएपछि घरमै पुगेर नागरिकता उपलब्ध गराइएको प्रजिअ थापाले बताए। शारीरिक रूपमा कमजोर भएका तथा हिँडडुल गर्न नसक्ने नागरिकको हकमा घरमै गएर नागरिकता प्रदान गर्ने नीति रहेको उनले बताए। 

नागकिरता प्राप्त भएपछि खुसी भएकी सन्तोषीका बुवा तोयबहादुरले अशक्त छोरीलाई स्याहारसुसार तथा रेखदेखमा समस्या हुने गरेको बताए। ‘राज्यबाट उपलब्ध हुने भत्ताले सरसफाइका सामग्री खरिद गर्नसमेत पुग्दैन’, उनले गुनासो गरे, ‘छोरीको शरीर कमजोर भएकाले पौष्टिकयुक्त खानेकुरा खुवाउनुपर्छ। एक जना हेरालु खटिनुपर्छ। दीर्घकालीन सहयोगको कार्यक्रम भए लाभ पुग्ने थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .