ad ad

बागमती


सिस्नेरीका २ गर्भवती महिलालाई हेलिकप्टरबाट थापाथली लगियो

सिस्नेरीका २ गर्भवती महिलालाई हेलिकप्टरबाट थापाथली लगियो

नेपालखबर
असोज १५, २०८१ मंगलबार १६:१३, मकवानपुर (हेटौंडा)

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीको दुईजना गर्भवती महिलालाई सेनाको हेलिकप्टर मार्फत थापाथली हस्पिटल लगिएको छ। 

मंगलबार (आज) सुत्केरी हुने डेट नाघेको एकजना र सुत्केरी व्यथा सुरु भएको दुईजना गर्भवती महिलालाई हेलिकप्टर मार्फत अस्पताल लगिएको हो। 

बिहीबार देखि परेको अविरल बर्षाका कारण सवारी आवागमन बन्द हुँदा दुईजना गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार गरेर अस्पताल पठाइएको इन्द्रसरोवर गाउँपालिकाी उपाध्यक्ष उमा कुमारी ब्लोनले जानकारी दिइन्।

स्थानीय स्वास्थ्य संस्थाले सिस्नेरी २० बर्षीया सुकमाया वाइवाको गत ९ गते सुत्केरी हुने डेट दिइएकोमा समयमा सुत्केरी नभएको र ३० बर्षकी सुशिला घिसिङलाई सुत्केरी व्यथा लागेको अवस्थामा उद्धार गरिएको उपाध्यक्ष ब्लोनले जानकारी दिइन्। 

स्थानीय तहको सुत्केरी बचाउ कार्यक्रम अन्र्तगत गाउँपालिकाको समन्वय तथा गृह मन्त्रालयसँगको सहकार्यमा सेनाको हेलिकप्टर मार्फत उनीहरूलाई उद्धार गरेर अस्पताल पठाएको बताइएको छ।

बाढी र पहिरोका कारण सडक अवरुद्ध रहेको भन्दै आकस्मिक हेलिकप्टर मार्फत उद्धार गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .