ad ad

समाज


विषाक्त च्याउ खाँदा पाँचथरमा ९ जना बिरामी

विषाक्त च्याउ खाँदा पाँचथरमा ९ जना बिरामी

फाइल तस्बिर


नेपालखबर
असार १३, २०८० बुधबार १०:४४, पाँचथर

पाँचथरमा विषाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन्।

कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन्। कुम्मायक गाउँपालिका–१ मा मङ्गलबार विषाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन्।

कुम्मायक–१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विषाक्त च्याउ खाई बिरामी परेका हुन्। उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै फिदिम नगरपालिका–११ लक्सीबोटेमा सोमबार विषाक्त च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका थिए। उनीहरूको जिल्ला अस्पतालमा उपचार गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .