ad ad

बागमती


ललितपुरमा बाढीपहिरोमा बेपत्ता थप ६ जनाको शव भेटियो

ललितपुरमा बाढीपहिरोमा बेपत्ता थप ६ जनाको शव भेटियो

नेपालखबर
असोज १५, २०८१ मंगलबार १०:४४, काठमाडौँ

ललितपुरमा बाढीपहिरोमा परी बेपत्ता थप ६ जनाको शव फेला परेको छ।

ललितपुर प्रहरीले मंगलबार बिहान दिएको जानकारीअनुसार बाढी तथा पहिरोमा परी हराएका थप ६ जना मानिसका शव फेला परेका हुन्। 

जसमा एकै परिवारका चार जनासमेत छन्। 

प्रहरीका अनुसार मंगलबार बिहान ८ बजेसम्म ललितपुरको महांकाल गाउँपालिका-२, ठोस्ने खोला बस्ने एकै परिवारका वर्ष ४० की राममाया स्याङ्तान, उनका छोरा वर्ष १४ का अजय स्याङ्तान, अर्को छोरा वर्ष ११ का सुवास स्याङ्तान र छोरी वर्ष ९ कि सलिना स्याङ्तानका शव भेटिएका हुन्।

यसैगरी ललितपुरको महांकाल गाउँपालिका-२, लक्ष्यबास बस्ने वर्ष ९ का आयुष स्याङ्तान र ललितपुर महांकाल गाउँपालिका-३, गोटीखेल बस्ने ईश्वर तिमल्सिनाको पनि शव भेटिएको प्रहरीले जानकारी दिएको छ। 

थप ६ शव भेटिएसँगै ललितपुरमा बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ४० पुगेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार बाढीपहिरोमा परेका अझै १० जना फेला पर्न बाँकी छ। यसअघि ७ जना मात्र बेपत्ता भनिएकामा थप ३ जनाको नाम आएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार रौतहट घर भई ललितपुरको ललितपुर महानगरपालिका-१४ नखिपोट कान्तिपुर कोलोनी बस्ने वर्ष ५ का सेतु साह, ओखलढुंगा घर भई ललितपुर बस्ने वर्ष ४० का देवराज कार्की, रौतहट गौर गाउँपालिका-६ घर भई ललितपुर महानगरपालिका-१४ नखिपोट कान्तिपुर कोलोनी बस्ने वर्ष ३२ को बिकाउ साह, ललितपुर महा‌ंकाल गाउँपालिका-३ गोटीखेल बस्ने एकै परिवारका उमेर नखुलेका ईश्वर तिमल्सिना, उनकी आमा हाल नाम नखुलेको र उनैका श्रीमती  हाल उमेर नखुलेको गोमा तिमल्सिना, ललितपुरको गोदावरी नगरपालिका-६, आनन्दवन अस्पतालमा काम गरी बस्ने वर्ष ३० को  विवेक सिंह, बागमती गाउँपालिका-१ घुसेल बस्ने वर्ष ५० का केशव न्यौपाने (आफन्तले बताएअनुसार पहिला मृतकमा राखिएकामा हालसम्म शव प्राप्त हुन नसकेकाले सच्याई हाल बेपत्तामा राखिएको), ललितपुरको महांकाल गाउँपालिका-२ बस्ने  वर्ष १२ की सञ्जिता स्याङ्तान, ललितपुरको महांकाल गाउँपालिका-२ बस्ने वर्ष ३५ का छविलाल स्याङ्तान र ललितपुरको महांकाल गाउँपालिका-२ बस्ने  छविलाल स्याङ्तानको भाउजु नाम नखुलेको गरी १० जना बेपत्ता छन्। 

घटनाका घाइते १५ मध्ये रौतहट घर भई हाल ललितपुरको ललितपुर महानगरपालिका-१४ बस्ने वर्ष ६ की मेघना साह, ललितपुरकै गोदावारी नगरपालिका-७ बस्ने वर्ष ३४ की ठूलीमाया रुम्बा र काठमाडौँ महानगरपालिका-३१ घर भई हाल बागमती गाउँपालिका-४ प्युटार बस्ने वर्ष ४५ का भूषण अर्याल उपचाररत छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .