ad ad

बागमती


भक्तपुरमा स्कुटर दुर्घटना हुँदा बाबुको मृत्यु, छोरी घाइते

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा बाबुको मृत्यु, छोरी घाइते

नेपालखबर
असार १७, २०८० आइतबार १३:५७, काठमाडौँ

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा बाबुको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन्। 

भक्तपुर प्रहरीका अनुसार शनिबार राति ९ बजेतिर सूर्यविनायक नगरपालिका ७ गुण्डुबाट पाण्डुबजार तर्फ आउँदै गरेको बा ९३ प ५८८१ नम्बरको स्कुटर दुर्घटना हुँदा त्यसका चालक ४५ वर्षीय कृष्णकुमार त्वाटीको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका कृष्णको डा. इवामुरा अस्पताल सल्लाघारीमा उपचारका क्रममा राति नै मृत्यु भएको भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए।

स्कुटरको पछाडि सवार उनकी छोरी १९ वर्षीया अनिता त्वाटी सामान्य घाइते भएकी छन्। उपचारपछि उनी डिस्चार्ज भइसकेको डीएसपी पाठकले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .