ad ad

बागमती


बागमती प्रदेशसभामा नाराबाजी, बैठक स्थगित

बागमती प्रदेशसभामा नाराबाजी, बैठक स्थगित

नेपालखबर
असार १७, २०८० आइतबार १७:२२, हेटाैंडा

बागमती प्रदेशसभा बैठकमा नाराबाजी भएको छ। आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमाथि छलफल सुरु हुनुअघि प्रदेशसभा बैठकमा नाराबाजी भएको हो। 

सरकारले एकपक्षीय बजेट ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दल एमाले सहित राप्रपा र नेमकिपाका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको हो।

बैठकको प्रारम्भमा नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले आफ्नो धारणा राखेपछि विपक्षी दलले नाराबाजी गरेका थिए। 

नाराबाजीसँगै बैठक स्थगित भएको हो। 

यसअघि एमाले र राप्रपाले दुईपटक बैठक अवरुद्ध गरेका थिए। अर्को बैठक साँझ ५ बजेलाई बोलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .