ad ad

बागमती


नारायणगढ–मुग्लिन सडकखण्ड पुनःसञ्चालन

नारायणगढ–मुग्लिन सडकखण्ड पुनःसञ्चालन

नेपालखबर
असार १७, २०८० आइतबार १९:४७, काठमाडौँ

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। शनिबार राति खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो।

इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा शनिबार राति ११ः३० बजे गएको पहिरो पन्छाएपछि आइतबार साँझदेखि सडक सञ्चालनमा आएको हो। 

पहिरो खसेको १९ घण्टापछि सवारी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

डिभिजन सडक कार्यालय चितवनका अनुसार एक हजार दुई सयदेखि एक हजार पाँच सय घनमिटर पहिरो खसेको पन्छाउन समय लागेको हो। सो स्थानमा दुई वटा लोडर र एउटा एक्साभेटरले बिहानैदेखि पहिरो पन्छाउने काम गरेका थिए।

पहिरो पन्छाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

सोही स्थानमा बिहिबारदेखि पटकपटक पहिरो खस्ने गरेको छ। पहिरो पन्छाएको केही बेरमा नै पुनःपहिरो खस्ने गरेको छ। सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवातजावत गर्ने गर्दछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .