ad ad

बागमती


हेटौंडामा १ सय ९० केजी गाँजासहित १२ जना पक्राउ

हेटौंडामा १ सय ९० केजी गाँजासहित १२ जना पक्राउ

नेपालखबर
असार १९, २०८० मंगलबार १८:५३, हेटाैँडा

हेटौंडाको रातोमाटेमा १ सय ९० केजी गाँजासहित १२ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध गाँजासहित १२ जनालाई पक्राउ गरेको हो।

प्रहरीले १४४ किलो लागुऔषध गाँजासहित ६ जना र ४७ किलो गाँजासहित अरु ६ जनालाई पक्राउ गरेको हो।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट छुट्टाछुट्टै सवारी साधनबाट गरी उक्त परिमाणको गाँजा र त्यसमा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

चितवनबाट वीरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२५ च ३३८४ नम्बरको कार र प्र २–०३–००७ प ४७५४ नम्बरको मोटरसाइकललाई शंका लागि सुरक्षाजाँच गर्दा रातोमाटे चेकपोष्टमा ४७ किलो लागुऔषध गाँजा फेला परेको मकवापुर प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा कारमा सवार पर्साको वीरगञ्ज महानगरपालिका–१४ का ४२ वर्षीय कन्हैयालाल महतो, २६ वर्षीय विनोद मण्डल, वीरगञ्ज–१८ का २० वर्षीया दुसमेना खातुन, २१ वर्षीया पुजा कुमारी मण्डल, मोटरसाइकलमा सवार पर्सा जिल्लाको पटेरवा सुगौली गाउँपालिका–४ का २५ वर्षीय विनय चौधरी र पर्सा जिल्लाको बीरगंज महानगरपालिका–१४ का ३९ वर्षीय विनोद पासवान रहेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै, डीएल १ जीसी ३०३५ नम्वरको भारतीय ट्रक चालक भारतको मोतिहारी जिल्ला गोबिन्द बारा बस्ने ६५ वर्षीय लालबहादुर सहनी, डीएल १२ सीए ०५७८ नम्वरको स्कारपियोमा सवार पर्साको वीरगञ्ज महानगरपालिका–१३ बस्ने २५ वर्षीय सन्तोस गुप्ता, बाराको बिश्रामपुर गाउँपालिका वडा नम्वर–४ बस्ने २४ वर्षीय सुरज साह, २१ वर्षीय गौतम कुमार साह, पर्साको छिपहरमाई गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहमद नवसाद हुसेन र २८ वर्षीय रमेश यादवलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .