ad ad

बागमती


एमालेप्रति खनिए बागमतीका मुख्यमन्त्री जम्मकट्टेल

एमालेप्रति खनिए बागमतीका मुख्यमन्त्री जम्मकट्टेल

नेपालखबर
असार २३, २०८० शनिबार १९:७, काठमाडौँ

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेकपा एमालेले प्रधानमन्त्रीले गरेको विकास देखेर अताल्लिएको टिप्पणी गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका विकासको काम एमालेले हेर्न नसकेर अनेकन आरोप लगाएको टिप्पणी गरे। 

मुख्यमन्त्री जम्मकट्टेलले प्रतिनिध्सिभा र प्रदेशसभाहरूमा एमाले प्रतिपक्षमा भएपनिे रबाफ सत्तापक्ष को जस्तो देखाउन खोजेको भन्दै आरोप लगाएका छन्।

‘प्रतिनिसभा र प्रदेशसभामा अभिव्यक्ति र उछृखंलता हेर्दा एमाले यति धेरै विक्षिप्त देखिन्छ कि आक्रोश, प्रतिशोध र कुण्ठाले जलिरहेको देखिन्छ,’ मुख्यमन्त्रीले लेखेका छन्।

एमालेले सरकारको विरोध गर्ने नाममा सम्पूर्ण प्रणाली नै खत्तम पाने काम गरिरहेको दाबी गरेका छन्। 

‘पशुपतिको जलहरी प्रकरणमा केपी ओलीको नाम लिन नहुने संसदको रेकर्डबाट हटाउनु पर्ने भन्दा निरंकुश चरित्र अरू केही हुन्छ। बहुमतको प्रधानमन्त्रीलाई सकेसम्म संसदमा बोल्नै नदिन, बोल्न सुरु गरेपछि होहल्ला गर्ने, प्रधानमन्त्रीले बोलुन्जेल कुरा सुन्ने धैर्यता गर्न नसक्ने,’ उनले भनेका छन्, ‘ बजेट पास गर्दा अहिलेसम्म नभएको मत बिभाजनको प्रकृया अपनाउने। तिललाई पाहाड बनाउने र बितन्डता मच्चाउने  काम एमाले गरिरहेको छ।’

उनले एमालेले यसरी विरोध गर्नुको प्रमुख कारण भनेको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले गरेको राम्रो कामबाट एमाले धेरै अत्तालिएको उल्लेख गरेका छन्। 

‘सरकारले सुरु गरेको भ्रष्टाचार विरूद्धको अभियानबाट सबै भन्दा धेरै एमाले आत्तिएको छ,’ उनले लेखेका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको बेला एमालेका नेता र उसका नजिकका मान्छे जोगाउन दौडधुप गरेको समेत मुख्यमन्त्री जम्मकट्टेलले आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .