ad ad

बागमती


कांग्रेसका जनप्रतिनिधिले गरे इन्द्रसरोवर गाउँपालिकाको बजेट बहिष्कार

कांग्रेसका जनप्रतिनिधिले गरे इन्द्रसरोवर गाउँपालिकाको बजेट बहिष्कार

नेपालखबर
असार २६, २०८० मंगलबार १६:५५, हेटाैंडा

इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि ल्याएको बजेट वडाबाट बहिष्कार भएको छ। गाउँपालिकाको वडा नम्बर १, २ र ५ का वडाध्यक्षहरुले बजेट बहिष्कार गरेका हुन्।

एमालेबाट निर्वाचित ध्यक्ष र उपाध्यक्ष रहेको इन्द्रसरोवरमा कांग्रेसका वडाध्यक्ष तथा वडासदस्यहरुले बजेट बहिष्कार गरेका हुन्।

१ र ५ का वडा अध्यक्षहरुले विज्ञप्ति निकाल्दै बजेट बहिष्कार गरेको बताएका छन्। वडा नम्बर १ का अध्यक्ष सुवास थापा मगरका अनुसार वडाले दिएको कार्यक्रमहरुलाई सम्बोधन नगरिएको र एकलौटी ढंगले अध्यक्षले बजेट बनाएको आरोप छ।

गाउँ पालिकाको १२ औँ सभामा वडा नं. १  को वडा बासीको हितका लागि ‘प्रयोग मैत्री संरचना, स्वास्थ्य शिक्षा, पर्यटन र कृषि समतामुलक विकास इन्द्रसरोवरको समृद्धि’  भन्ने नारा लाई सम्बोधन गरेको भन्दै वडाध्यक्ष मगरले चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार स्रोत सुनिश्चत नगराई बजेट तयार गरिएको छ। 

त्यसैगरी वडा नम्बर ५का वडाध्यक्ष दुत राज तितुङ्गले गाउँपालिकाले हाल्ने योजनाहरु र वडाले हाल्ने योजनाहरु सभामा प्रस्तुत हुनु अगावै छलफल गरि टुङ्याउनु पर्नेमा पालिका टिम एकलौटी रुपमा अगाडि बढ्न खोज्दा महत्वपूर्ण विषयका शीर्षकहरू छुटेको बताए।

वडासँग समन्वय नगरी बजेट बनाइएकोले आफूहरु त्यो बजेट स्वीकार गर्न सक्ने स्थितिमा नरहेको उनले बताए। ‘एकलौटी ढंगले बजेट ल्याउने प्रवृत्तिमा सुधार गराउनको लागि सचेत गराउन बजेट बहिष्कार गरेका हौँ,’ वडाध्यक्ष तितुङ्गले भने।

गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/८१ को लागि ४४ करोड ३४ लाख ५० हजार रुपैंयाको बजेट ल्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .