ad ad

बागमती


हेटौंडामा ४७ लाखको सुन र अवैध कपडा बरामद

हेटौंडामा ४७ लाखको सुन र अवैध कपडा बरामद

नेपालखबर
असार २८, २०८० बिहिबार १९:२८, हेटाैँडा

हेटौंडामा ४७ लाख मूल्य बराबरको सुन र साढे तीन लाखको कपडा बरामद गरिएको छ।

हेटौंडाको रातोमाटेबाट प्रहरीले अवैध सुन र भन्सार छलि गरिएको कपडा बरामद गरेको हो। हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १५ स्थित रातोमाटे चेकपोष्ट अगाडि सडकखण्डमा विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको ना १ ज ७४९० नम्बरको यात्रुवाहक सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोमा सवार गर्ने व्यक्तिको साथबाट सुन बरामद गरिएको हो।

प्रहरीले पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर–०१ बस्ने ३५ वर्षका प्रभु साह सोनारलाई सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले बताए। उनलाई शंका लागि शरीर तथा झोला खानतलासी गर्ने क्रममा निजको साथबाट अवैध भन्सार छली चोरी पैठारी निकासी गरी ल्याएको पहेँलो धातु सुन ४८९ ग्राम ३७ मिली ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ। यो सुनको बजार मूल्य ४७ लाख ३६ हजार ७५९ रहेको प्रहरीले जनाएको छ।

पक्राउ गरिएका सोनारलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको छ। यसैगरी मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेस्थित सडकखण्डबाट साढे ३ लाखभन्दा बढीको कपडा तथा खाद्यान्न बरामद गरेको छ।

प्रहरीले असार २५ र २६ गते भन्सार छलि चोरी पैठारी गरी ल्याइएको ३ लाख ५७ हजार ८८९ सय रुपैयाँ बराबरको कपडा तथा खाद्यान्न बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए।

बरामद गरेको कपडा तथा खाद्यान्न आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .