ad ad

बागमती


काठमाडौंमा तोकियो पार्किङ शुल्क, दुई पाङ्ग्रेको प्रतिघण्टा २५ र चार पाङ्ग्रेको ७५ रुपैयाँ

काठमाडौंमा तोकियो पार्किङ शुल्क, दुई पाङ्ग्रेको प्रतिघण्टा २५ र चार पाङ्ग्रेको ७५ रुपैयाँ

नेपालखबर
साउन १, २०८० सोमबार १७:४६, काठमाडौँ

काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि निर्धारण गरेको छ।

महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिइन्। 

उनले आम सेवाग्राहीको गुनासो सुनुवाई गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरुपता ल्याउन सो शुल्क निर्धारण गर्नु परेको स्पष्ट पारिन्। 

‘धेरैको गुनासो, आम नागरिकको गुनासो पार्किङ शुल्क कतै कति, कतै कति। कतै ४ सय भने भने कतै २० रुपैयाँ, कतै २५ रुपैयाँ। कतै ५ सय छ। फरक, फरक भयो,’ उपमेयर डंगोलले भनिन्, ‘यो हुँदाखेरी चाँही सेवाग्राही पनि अन्यौलमा। र, सँगसँगै सेवा दिनु हुनेहरुलाई पनि कसरी रेट तोक्ने भन्ने खालको अन्यौल। त्यसकारण महानगरपालिकाले शुल्क पनि तोकेको छ।’

जस अनुसार काठमाडौं महानगरपालिका भित्र २ पाङग्रे सवारी साधनले आधा घण्टाको पार्किङ शुल्क भने १५ रुपैयाँ मात्रै तिर्नुपर्ने हुन्छ। एक घण्टाको २५ रुपैयाँ र एक घण्टा भन्दा बढि थप हुँदै गयो भने हरेक १५ मिनेटमा ५÷५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको पनि उपमेयर डंगोलले बताए। 

उनका अनुसार ४ पाङग्रे सवारी साधनले भने आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ। एक घण्टाका लागि ७५ रुपैयाँ तिनुपर्नेछ। त्यो भन्दा बढि समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने पनि महानगरपालिकाले जनाएको छ।

‘पार्किङ शुल्कमा एकरुपता आओस् भन्ने उद्देश्यका साथमा तोकेको छ। २ पांग्रे सवारी साधनको लागि आधा घण्टा मात्र पार्किङ गर्नु हुन्छ भने १५ रुपैयाँ र सँगसँग एक घण्टा हो भने २५ रुपैयाँ,’ उपमेयर डंगोलले भनिन्, ‘र, एकघण्टा भन्दा बढि थप हुँदै गयो भने हरेक १५ मिनेटको ५/५ रुपैयाँको दरले हामीले शुल्क पनि तोकेका छौं। त्यसैगरी चार पाङग्रे गाडीको लागि चाँही आधा घण्टाको लागि ४० रुपैयाँ एक घण्टासम्म पार्किङ गर्नु भयो भने ७५ रुपैयाँ। त्यसपछि पनि थप हुँदै गयो भने  हरेक १५ मिनेटको १५ रुपैयाँ थप हुँदै जाने भनेर हामीले शुल्क तय गरेका छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .