ad ad

बागमती


बागमती प्रदेश सरकारको राजश्व संकलन लक्ष्यभन्दा १७ प्रतिशत कम

बागमती प्रदेश सरकारको राजश्व संकलन लक्ष्यभन्दा १७ प्रतिशत कम

नेपालखबर
साउन ३, २०८० बुधबार १७:५०, हेटाैँडा

बागमती प्रदेश सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन। विभिन्न आय स्रोत र गत वर्षको नगद मौज्दात सहित ७० अर्ब ९३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएकोमा लक्ष्य अनुसारको राजश्व संकलन नभएको हो।

प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/०८० मा अनुमान भन्दा १७ प्रतिशत कम राजस्व संकलन गरेको लेखा नियन्त्रक कार्यालय बागमती प्रदेश हेटौंडाका प्रमुख हरिप्रसाद उपाध्यायले बताए।

गत आर्थिक वर्षमा प्रदेश सरकारले ४५ अर्ब ८८ करोड रुपैयाँ संकलन गरेको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा ५५ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलनको अनुमन गरेकोमा आर्थिक वर्षको अन्त्यसम्ममा ४५ अर्ब ८८ करोड रुपैयाँ संकलन गरेको कार्यालय प्रमुख उपाध्यायले बताए। उनका अनुसार यो राजश्व अनुमान भन्दा ९ अर्ब रुपैयाँ कम हो।

संघीय र स्थानीय तहबाट बाँडफाँट हुने मूल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन् दस्तुर, मालपोत लगायतका राजस्वमार्फत् अनुमानको ७४ प्रतिशत मात्र संकलन भएको छ।

सो शीर्षकहरुअन्तर्गत २८ अर्ब ४५ करोड रुपैयाँ राजस्व संकलनको अनुमान गरिएकोमा आर्थिक वर्षको अन्त्यसम्ममा २१ अर्ब ४ करोड रुपैयाँ मात्र संकलन भएको हो।

त्यस्तै, संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणअन्तर्गत २१ अर्ब ४ करोड प्राप्त हुने अनुमान गरिएको थियो। तर, आर्थिक मन्दीका कारण संघीय सरकारले बजेट कार्यक्रम कटौती गर्दा केही कार्यक्रम फिर्ता भएको थियो।

उक्त कार्यक्रम फिर्ता हुँदा प्रदेश सरकारले वित्तीय हस्तान्तरण अन्तर्गत १७ अर्ब ९९ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएकोमा सतप्रतिशत रकम प्राप्त नभएको कार्यालय प्रमुख उपाध्यायले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .