ad ad

बागमती


काठमाडौं र ललितपुरमा भएका दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं र ललितपुरमा भएका दुर्घटनामा ३ जनाको मृत्यु

नेपालखबर
साउन ६, २०८० शनिबार १९:४, काठमाडौँ

काठमाडौँ र ललितपुरमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

ललितपुरको हात्तीवनमा बा३ख ४१०८ नंको बसले बा५६प ३४५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रे घर भई हरिसिद्धि बस्ने मोटसाइकल चालक ३१ वर्षीय जीवन तामाङ र मकवानपुरका २९ वर्षीय मानबहादुर वाइवा रहेको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए। 

आज भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बीएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ। बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यस्तै काठमाडौँ महानगरपालिका–३१ शान्तिनगरस्थित सडकमा बा१ह ३८८४ नंको टेम्पुको ठक्करबाट पैदलयात्री मकवानपुर थाहा नगरपालिका–१ घर भई काठमाडौँको शान्तिनगर बस्ने ३८ वर्षीय रामभक्त श्रेष्ठको मृत्यु भएको छ। 

शुक्रबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पताल बानेश्वर हुँदै बीएन्डबी अस्पतालमा थप उपचारका क्रममा मृत्यु भएको हो। टेम्पुको ठक्करबाट घाइते भएका अन्य दुई पैदलयात्रीमध्ये एक जनाको केएमसी अस्पताल सिनामङ्गल र एक जनाको सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ। टेम्पु चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .