ad ad

बागमती


पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक खुल्यो

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक खुल्यो

फाइल तस्बिर


नेपालखबर
साउन १३, २०८० शनिबार ६:४५, चितवन

पहिरो खसेर बन्द भएको मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानबाट खुलेको छ। 

चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक शुक्रबार राति बिहान १ बजे पहिरो खस्दा सडक बन्द भएको थियो। 

एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सञ्चालन भएको सडक डिभिजन कार्यालयले जनाएको छ । 

पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। पहिरोका कारण नारायणगढ मुग्लिन सडक पटकपटक बन्द हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .