मालिस गर्ने तेल सेवन गर्दा मकवानपुरमा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा थाहा नगरपालिका वडा नं ५ सानोभागा बस्ने अन्दाजी ८२ वर्षीय राजकुमार पाख्रीन रहेको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।
प्रहरीका अनुसार पाख्रीनले आफ्नै घरमा मालिस गर्ने तेल सेवन गरी बिरामी भएका थिए।
उनको उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि मकवानपुर सहकारी अस्पताल ल्याएकोमा उपचारकै क्रममा भएको प्रहरीले जनाएको छ।
पाख्रीनले सेवन गरेको मालिस गर्ने तेलको बारेमा प्रहरीले खुलाएको छैन।
यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
111
Shares
प्रतिक्रिया