ad ad

बागमती


बागमतीका ४० हजार बढी पशुमा लगाइयो लम्पी स्किनविरुद्धको खोप

बागमतीका ४० हजार बढी पशुमा लगाइयो लम्पी स्किनविरुद्धको खोप

नेपालखबर
साउन ३२, २०८० बिहिबार १५:८, हेटाैंडा

बागमती प्रदेश सरकारले सञ्चालन गरेको लम्पी स्किनविरुद्धको खोप अभियानमा ४० हजार भन्दा बढी पशुवस्तुमा खोप लगाइएको छ।

साउन २५ गतेबाट सुरु भएको खोप अभियानमा प्रदेशको १३ वटै जिल्लामा गरी एक दिनमा सो परिणामको खोप लगाइएको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए।

प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा धेरै खोप चितवनमा लगाइएको तथ्यांक छ। यहाँ ९ हजार २५ गाईभैंसीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ भने सबैभन्दा कम खोप दोलखामा लगाइएको तथ्यांक छ। दोलखामा २ सय ८४ डोज खोप लगाइएको छ।

भक्तपुरमा ९ सय २१ गाईभैंसीमा खोप लगाइएको मन्त्रालयको तथ्यांक छ। यस्तै, ललितपुरमा १ हजार ४ सय ३७, मकवानपुरमा ५ हजार ९ सय ५६, धादिङमा ३ हजार ६ सय १० पशुवस्तुमा खोप लगाईएको छ।

त्यसैगरी, सिन्धुलीमा २ हजार ४ सय ९०, रामेछापमा १ हजार ९ सय ४२, सिन्धुपाल्चोकमा १ हजार ८ सय ९९, काभ्रेमा ६ हजार ७७, नुवाकोटमा ३ हजार ३ सय ७७ र रसुवामा १ हजार १ सय ८८ पशुवस्तुमा  लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए।

कृषि मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार १ लाख १० हजार ४ सय ४० गाईवस्तुमा यो रोगको संक्रमण देखा परेको छ। जसमध्ये ६ हजार २ सय ९१ पशुको मृत्यु भएको छ।

महामारीको रुपमा फैलिएको लम्पी स्किन डिडिज् नियन्त्रण गर्ने उदेश्यले मन्त्रालयले २५ गते देखि सप्ताहव्यापी रुपमा खोप अभियान थालनी गरिएको थियो।

प्रदेशका ८ वटा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत खोप लागाउने खोपकर्ता नियुक्त गरिएको थियो। कुल १ सय ४६ जना खोपकर्तालाई १३ वटै जिल्लाका लम्पी स्किन प्रभावित स्थानीय तहका पशुवस्तुमा खोप लगाउनको लागि परिचालन गरिएको थियो। 

यो अभियान अन्र्तगत ५० हजार पशुवस्तुमा खोप लगाउने मन्त्रालयको लक्ष लिएकोमा वर्षात्‌का कारण केही जिल्लाहरुमा लक्ष अनुसारको खोप लगाउन नसकिएको मन्त्रालयका सचिव शरण कुमार पाण्डेले जानकारी दिए।

यो अभियानले खोप लगाउने मात्रै नभएर रोग लागेका गाईभैंसीलाई कसरी सुरक्षित राख्ने? रोग लाग्नुको कारण कस्ता हुन्छन्? आफ्ना पशुधनको सुरक्षाको लागि के गर्ने लगाएतको सचेतना फैलाउन समेत मद्दत गरेको सचिव पाण्डेको भनाइ छ। 

सप्ताहव्यापी खोप अभियान सकिए पनि यो रोग विरुद्धको खोप लगाउने कार्यलाई भने निरन्तरता दिने सचिव पाण्डेको भनाइ छ।

सप्ताहव्यापी खोप अभियानमा ४० हजार बढि पशुवस्तुमा खोप लगाइएसँगै कुल खोप लगाइएको पशुको संख्या डेढ लाख भन्दा बढी गाईभैंसीमा खोप लगाइएको मन्त्रालयको तथ्यांक छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .